संक्षिप्त परिचय

पिता विष्णुचरण श्रेष्ठ आफ्नी पत्नी कुमारी श्रेष्ठका साथ तत्कालीन माल अड्डाका जागिरे भै यहाँ आएको अवस्थामा युगकवि सिद्घिचरण श्रेष्ठको वि.सं १९६९ साल जेठ ९ गतेका दिन (साविक ओखलढुङ्गा गा.वि.स. वार्ड नं. ६ हाल नगरपालिकाको वार्ड नं. ५ मा भएको थियो) उनी जन्मिएको सो स्थानको कि.नं. ३५ क्षेत्रफल ०–८–०–२ को जग्गा समेत हालसम्म उनकै नाममा नापी दर्ता कायम रहेको छ ।